
दमौलीः एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादीले आज जिल्ला कमिटी विस्तार गर्दैछ ।
यस अघि नै समानान्तर कमिटी गठन गरिसकेको एमालेको माधव नेपाल समूहका नेताहरु अब नेकपा एकिकृत समाजवादीको छातामुनि अटाउनेछन् ।
दमौलीको एक होटलमा आयोजना हुने जिल्लास्तरीय भेलामा पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य कलिला खान, समानान्तर एमाले जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भए पनि अर्का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसान भने सहभागी हुने छैनन् ।
भेलामार्फत एमालेबाट समेत आएका नेता कार्यकतासहितको कमिटी गठन गर्ने तयारी नेतृत्वको छ ।