क्यान्सर बिरामी आमालाई बचाउन प्रहरी हवल्दार सरिताको गुहार

  • ख-
  • ख+

गुणादीः सरिता खनाल प्रहरी हवल्दार हुन् । लमजुङ प्रहरीमा कार्यरत उनलाई पोखरास्थित मेट्रो सिटी अस्पतालमा भ्याइनभ्याइ छ ।

म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादी निवासी आमा राधिकालाई मेरुदण्डको क्यान्सर देखिएयता उनीसामु आफ्नो जागिर अनि आमाको ज्यान दुवै जोगाउनुपर्ने बाध्यता छ । समय मिलाएर आमाको उपचारमा सक्रिय उनले आमाको उपचारका लागि सकेको खर्च पनि गरिन् ।

तर रोग पत्ता लाग्नु अघि नै ठूलो रकम खर्च भैसक्दा बिरामी आमालाई बचाउन उनले अहिले सामाजिक सञ्जालबाट सुभेच्छुक र आफन्तसँग अनुरोध गरेकी छन् । ‘पाँच लाख बढी खर्च भैसक्यो,’ सरिताले दमौली न्यूजसँग भनिन्,‘अझै ५० लाख जति लाग्ने डाक्टरले भनेका छन् । त्यसैले रकम जुटाउन सुभेच्छुक गुहारेको छु ।’

उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा लगेको तर त्यहिवेलामा कोरोना पोजेटिभ भए पछि उपचारमा थप समस्या भएको उनले बताइन् । अस्पतालमा थप उपचार रोकिएपछि आमालाइ घरमा ल्याउँदा झनै पीडा थपिए पछि दमौली अस्पताल हुँदै जिपि कोइराला अस्पतालमा लगिएको उनले जानकारी दिइन् ।

त्यहाँ बाट फेरि पोखरा स्थित शिसुवामा रहेको कोभिड अस्पतालमा राखेपछि कोभिड ठिक भए पनि शरिरमा पोल्ने , दुख्ने समस्या देखिए पछि उनले आमालाई मेट्रो सिटी लगेकी थिइन् ।
घरको आर्थिक अवस्थाले नथेगेपछि सरिताले थालेको अभियानमा अहिले सुभेच्छुकले सहयोग पनि थालेका छन् । उनले सामाजिक सञ्जालमा सहयोगीको जानकारी पनि दिने गरेकी छन् ।

घरमा रकम जोहो गर्न नसकेपछि थालिएको सहयोग अभियानमा मिल्ने सफलताले ने उनको आमा बचाउने चाहना पुरा हुने वा नहुने निर्धारण गर्नेछ ।

नोटः राधिकाको उपचारका लागि सरिता खनालको नाममा रहेको नबिल बैंकको
खाता नम्बर ०४४१००१७५०३२६४ मा रकम सहयोग गर्न सकिन्छ । सम्पादक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी