उस्मान उपचार अभियानः बेलचौतारा युवा क्लबबाट ८५ हजार सहयोग

  • ख-
  • ख+

बेलचौताराः विश्वकै दुर्लभ अनि जटिल स्पाइनल मस्कुलर रोगसँग जुधिरहेका दुलेगौंडाका नौ महिने बालक उस्मान अलिको उपचारका लागि बेलचौताराका युवाले ८५ हजार रुपैयाँ संकलन गरेका छन् ।

उनीहरुले शुक्लागण्डकी ५ बेलचौतारा क्षेत्रका दाता तथा क्लबका सदस्यबाट संकलन गरेर रकम परिवारलाई बुझाएका हुन् ।

क्लबका अध्यक्ष कमल थापा मगरले छोटो समयमै उल्लेख्य सहयोग संकलन भएको भन्दै दाता र क्लबका सदस्यको साथबाट मात्र यो सम्भव रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी