भानु मानेचौकाको सुख्खा पहिरोबारे चासो राख्दै गृहमन्त्री खाँडले भने,‘परेको सबै सहयोग गर्न तयार छौं’

  • ख-
  • ख+

दमौलीः गृहमन्त्री बालकृष्ण खाँडले अकस्मात आएको सुख्खा पहिरोका कारण भानु ११ मानेचौकामा देखिएको जोखिमबारे चासो व्यक्त गर्दै नागरिक जोगाउन हरसम्भव प्रयत्न गर्न प्रशासनलाई निर्देशन दिएका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई टेलिफोन गर्दै उनले बिस्थापितको चाँडो व्यवस्थापन गर्न भन्दै आवश्यक हरसम्भव उपाय अपनाउन निर्देशन दिए । ‘नागरिकको जीउधनको रक्षामा कुनै कसर बाँकी नराख्नुहोला,’ उनले भने ।

कुराकानीका क्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले घटना थाहा पाउनासाथ टोली खटाएर बिस्थापितलाई सारिसकिएको भन्दै सशस्त्र प्रहरीमार्फत टहराको व्यवस्था गर्ने जानकारी दिए । उनले स्थानीय तहसँग समन्वय गरेर सशस्त्र प्रहरीमार्फत उद्धारका काम सम्पन्न गरिने जानकारी दिए ।

अकस्मात सुख्खा पहिरो झर्न थालेपछि मानेचौकाको दलित बस्तीका सबै १२ घरपरिवार अहिले बिस्थापनामा परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी