
म्याग्दे : नेपाली काङ्ग्रेसको १४ अाैं महाधिवेशनकाे कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन हुँदैछ ।
अधिवेशन नजिकिए सँगै उमेदवार बन्न इच्छुक हरूले उमेदवारी घाेषणालाई तिव्र पारेका छन् । यसैबीच, म्याग्दे गाउँपालिका वडा नँ २ काे सभापतिमा युवा नेता रमेश अधिकारीले उमेदवारी घाेषणा गरेका छन् ।
ट्रेड युनियन काङ्ग्रेसकाे सभापति समेत रहेका अधिकारीले काङ्ग्रेसलाई गुटउपगुट बाट टाढा राखि युवा पुस्तामा जिम्मेवारी ल्याउन अाफ्नाे उमेदवारी रहेको दमाैली न्युजसँग बताए ।
काङ्ग्रेसलाई गाउँ टाेल देखि बलियो र संगठित बनाइ अागामि चुनाबमा सबै वडा तथा स्थानीय तहमा काङ्ग्रेसलाई जिताउन लागिपर्ने अधिकारीले बताए ।