कांग्रेस अधिवेशनः ऋषिङमा सर्वसम्मत नेता छान्न जिम्मेवारी तोकियो

  • ख-
  • ख+

ऋषिङः आसन्न वडा अधिवेशनको केही दिन अघि नेपाली कांग्रेस ऋषिङले सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको कार्य समितिको बैठकले सबै वडामा सर्वसम्मतिका लागि पदाधिकारीलाई जिम्मेवारी तोकेको सचिव दानबहादुर श्रेष्ठले जानकारी दिए ।

पार्टी सभापति रामनाथ काफ्लेको सभापतित्वमा बसेको बैठकले वडा १ मा तिलबहादुर थापा, २ मा पवित्रा पराजुली, ३ मा दानबहादुर श्रेष्ठ तथा ४ मा भोजराज रानाभाटलाई जिम्मेवारी तोकेको छ ।

यसैगरी, वडा ५ मा चिरञ्जिवी ढकाल, वडा ६ मा पदमबहादुर थापा, वडा ७ मा जंगवीर आले र वडा ८ मा रामनाथ काफ्लेलाई जिम्मेवारी तोकिएको छ ।

अधिवेशनका लागि आर्थिक संकलन गर्न उप सभापति तिलबहादुर आले संयोजक तथा
राजेन्द्र गिरी, दिलबहादुर आले र माधव गिरी सदस्य तथा दानबहादुर श्रेष्ठ सदस्य सचिव रहने समिति पनि पार्टीले गठन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी