व्यवसायी भन्छन्,‘अब दोहोरी साँझ पनि चलाउन पाउनुपर्छ’

  • ख-
  • ख+

पोखरा: रात्रीकालिन व्यवसाय सञ्चालनको माग गर्दै पोखराका दोहोरी सांझ, रेष्टुरेण्ट व्यवसायीले कास्की प्रशासनलाई चाबी बुझाएका छन् ।

कोरोना महामारीका कारण मुुलुकमा निशेधाज्ञा खुकुलो भएतापनि आफुहरुको व्यवसाय सञ्चालनमा प्रशासनले रोक लगाएपछि समस्या उत्पन्न भएको भन्द्र व्यवसायीले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चावी बुझाएका हुन् ।

चावी बुझाउदै पोखरा दोहोरी सांझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले अन्य व्यशायहरु खुलेपनि रात्रीकालिन व्यवसाय सञ्चालनमा आउन नसक्दा आफुहरु निकै मारमा परेको बताए ।

सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ संचालन हुन नपाउँदा व्यवसायीसंगै दैनिक जीवन चलाउने कलाकारहरु समेत मारमा परेको उनको भनाइ रहेको थियो ।

निषेधाज्ञा खुकुलो भएसंगै अन्य ब्यवशायहरु सञ्चालनमा आइसक्दा रात्रीकालीन
व्यवसायलाईनै मुख्य निगरानीमा राख्नु राज्यको व्यवहारनै नकारात्मक रहेकाले सरकारको ध्यानाकर्षण गराउन आफुहरुले व्यवसाय बन्द गरी चाबी हस्तान्तरण गर्न बाध्य भएको समेत गुरुङले बताए ।

संघका महासचिव चोलेन्द्र पौडेलले सम्पूर्ण क्षेत्रमा कोरोना खोप पुगिसक्दा अझैपनि दोहोरी व्यशायमा आवद्ध सञ्चालक र कर्मचारीहरुले खोप नपाउनु दुखद रहेको वताए ।

यथासक्य छिटो खोपको व्यवस्था गर्न समेत उनले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण समेत गराए । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायीहरुको मर्कालाई सम्बोधन गर्न आफ्नो र प्रशासनको तर्फबाट पहलकदमी थाल्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी