‘हामीले सरकारलाई कर तिर्यौं तर राज्यले सुविधा दिएन’

  • ख-
  • ख+

दमौली ः क्षेत्रीय होटल संघ तनहुँले तनहुँका ६ वटै बजार इकाईका साधारणसभा अगाडि बढाएको छ । कोभिड १९ का कारण धेरै सदस्य जुट्न असहज भएको परिस्थितिमा प्रत्येक इकाईमा कार्यसमिति सदस्य मात्रै जुटेर साधारणसभा अगाडि बढाइएको संघका अध्यक्ष राम जोशीले बताए ।

संघको दमौली बजार एकाई , डुम्रे बजार इकाई , आँबुखैरेनी र बन्दीपुर बन्दिपुर बजार इकाईको साधारणसभा सम्पन्न भैसकेको, भिमाद र खैरेनीटार दुलेगौंडा बजार इकाईको बाँकी रहेको अध्यक्ष जोशीले बताए । साधारणसभामा हालको विषम परिस्थितिमा होटल व्यवसायीलाई परेको मर्काको बारेमा चर्चा चलेको संघका वरिष्ठ उपाध्यक्ष विकास खनालले बताए ।

मंहगो घर भाडा , राज्यलाई तिर्नुपर्ने कर , स्टाफ कर्मचारी पाल्नुपर्ने समस्या र प्रहरी प्रशासनले गर्ने व्यवहारका बारेमा सहभागीहरूले आवाज उठाएको खनालले बताए । जति पीडा भए पनि हामी इमानदारीपूर्वक राज्यलाई कर तिर्दै आएका छौँ तर राज्यले दिने सेवा सुविधामा हामीलाई विभेद गरेको छ महासचिव चन्द्र कायस्थले भने ।

कोभिड भ्याक्सिन ब्यबसायिहरू लाई छुट्याउनको लागि माग गर्दापनि नपाएको कायस्थको गुनासो थियो । दमौलि बजार इकाईका सभापति लालप्रसाद तिमिल्सिनाको सभापतित्वमा भएको साधारणसभामा राजकुमार श्रेष्ठ , झनकनारायण श्रेष्ठ , बालकृष्ण आले , जीवन शाही , शुरेस अधिकारी , भावना अधिकारी , सीता पहाडी , शंकर अधिकारी ,बिज्ञान कैनि लगायतले सुभकामना ब्यक्त गरेका थिए ।

सभाले सुरेश अधिकारी र सीता पहाडीलाई सदस्यमा मनोनित गरेको इकाई सभापति लालप्रसाद तिमिल्सिनाले बताए । यसैबीच डुम्रे बजार इकाईको पनि साधारणसभा सम्पन्न भएको छ । रामचन्द्र खड्काको सभापतित्वमा भएको कार्यक्रममा, महेन्द्र शाही, ईश्वर लामिछाने लगायतका वक्ताहरूले व्यवसायीको हकहितका बारेमा बोलेको सभापति खड्काले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्