लेखनाथ जेसिजको वक्तृत्वकला उपाधि सत्यवतीका गौरवलाई

  • ख-
  • ख+

दमौलीः सत्यवती मावि दमौलीका गौरव सापकोटाले लेखनाथ जेसिजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका छन् ।

देशका विभिन्न भागका आठ प्रतिष्पर्धीलाई पछि पार्दै उनी विजेता बनेका हुन् ।
शैक्षिक क्षेत्रमा कोरोनाको प्रभाव विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा न्यू लेखनाथ पब्लिक एकेडेमी, लेखनाथका विवेक अधिकारी दोश्रो र डायमण्ड मावि लेखनाथ कास्कीकै अनुसा लामिछाने तेश्रो हुन सफल भएका छन् ।

विजेता विद्यार्थीहरुलाई सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन बुधबार पुरस्कार वितरण गरिने क्लवले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्