दमौलीः तनहुँ समाज हङकङले समाचारका माध्यमबाट आफ्नो सामाजिक प्रचारमा सघाएको भन्दै तनहुँका दुई पत्रकारलाई पुरस्कृत गरेको छ ।
समाजले प्रदान गर्दै आएको ‘युवा पत्रकारिता पुरस्कार’ का लागि पत्रकार महासंघ तनहुँले गरेको सिफारिसका आधारमा गोरखापत्र समाचारदाता एवं प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की तथा भञ्ज्याङ दैनिकका सम्पादक एवं प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्कालाई पुरस्कृत गरेको हो ।
महासंघले गरेको कार्यक्रममा व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले दुवैलाई समाजका प्रतिनिधिको उपस्थितमा पुरस्कृत गरेको सचिव प्रताप रानाले बताए ।











