सहास नेपालद्वारा ऋषिङलाई एक लाखको स्वास्थ्य सहयोग

  • ख-
  • ख+

दमौलीः सहयोगी हातहरुको समूह सहास नेपालले ऋषिङ गाउँपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गाउँपालिकामा एक कार्यक्रम आयोजना गर्दै संस्थाले चार थान अक्सिजन सिलिण्डर, आठ थान पीपीई, अक्सिजन रेगुलेटर, मास्कसहित एक लाख बराबरको सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलाई संस्थालाई संस्थाका ऋषिङ प्रमुख गंगा मगरले सहयोग हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले संस्थाका तर्फबाट गरिएको सहयोगले सहज भएको भन्दै आभार प्रकट गरे । यस अघि पनि संस्थाले स्वास्थ्य सामग्री गाउँपालिकालाई सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्