नारायणगढ मुग्लिन सडक पुन: अवरुद्ध

  • ख-
  • ख+

मुग्लिन : वर्षाका कारण पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक पुन: अवरुद्ध भएको छ ।शुक्रबार विहान चितवन जिल्ला भरतपुर महानगरपालिका-२९ अन्तरगत १४ किलो र घुमाउनेमा लेदो सहितको पहिरोले राजमार्ग अवरुद्ध बनेको हो ।

विहान करिब ६ बजे खसेको पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरको मेशिन प्रयोग गरिएको छ । पहिरो हटाइ दुवै तर्फ राजमार्ग सञ्चालन गर्न ३ घण्टा समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।

केही दिन यता सामान्य वर्षा हुदा समेत मुगि्लन नारायणगढ सडक खण्डमा पहिरो खसेर राजमार्ग अबरुद्ध हुदै आएको छ । पहिरो रोकथामको लागि गरिएको विभिन्न उपाय प्रभावकारी हुन नसक्दा राजमार्गमा पहिरो झर्ने समस्या भइरहेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी