
दमौली : नेपाली काँग्रेस युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले स्थापना गरेको पत्रकार बलराम बानियाँको स्मृति पत्रकारिताका अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका छन् ।
पत्रकार बानियाँको वार्षिक पुण्यतिथीमा सोमबार नेता मौरतीले १० हजार १५० रुपियाँ नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई दमौलीमा हस्तान्तरण गरे । उनले रकम हस्तान्तरण गर्दै मौरतीले विकृति भ्रष्ट्राचारका विरुद्ध तथा सुशासनको पक्षमा पत्रकार बानियाँ लेखेर कहिल्यै नथाक्ने व्यक्ति गरेको स्मरण गरे ।
साथै नेता मौरतीले समाचार लेखेको कारण मानसिक तनान समेत बानियाले भोग्न बाध्य भएको बताए । बानियाँ निर्भिक पत्रकार भएको उल्लेख गर्दै मौरतीले अक्षयकोषले बानियाको योगदानलाई स्मरण गराउने हुँदा भावी पिढींलाई योगदानको बारेमा जानकारी लिन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
मौरतीले गरीव तथा जेहेन्दद्धारा विद्यार्थीलाई अध्ययनमा मद्धत पु¥याउन एक दर्जन विद्यालयमा अक्षय कोष स्थापना गर्नु भएको छ । मौरतीले युवा क्लबलाई खेलकुद प्रतियोगिता सञ्चालन गर्नको लागि रकम सहयोग गर्दै आएका छन् ।
पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई २० हजार नगद हस्तान्तरण गरेका थिए ।
बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए । बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला परेका बानियाँ दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय थिए ।