पृथ्वी राजमार्ग र डुम्रे बेसिसहर सडक एकतर्फी

  • ख-
  • ख+

दमौलीः अविरल वर्षाका कारण तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गमा यातायात एकतर्फी भएको छ । वर्षापछि आँबु ४ मा पहिरो खस्दा राजमार्गको यातायात आगमन एकतर्फी बन्न पुगेको हो ।

बिहान ६ बजेतिर पहिरो खसेर आगमन अवरुद्ध भए पछि अवरुद्ध राजमार्गको यातायात पहिरो हटाइए पछि एकतर्फी बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रे–बेसिसहर एकतर्फी
पहिरोे खसे पछि अवरुद्ध डुम्रे बेसिसहर सडकको यातायात आगमन एकतर्फी बन्न पुगेको छ । प्रहरीका अनुसार भानु ८ पाँच सय फाँटमा दिउँसो खसेको पहिरो दुई घण्टा पछि हटाइए पनि त्यसयता भने राजमार्गको यातायात आगमन एकतर्फी बनेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी