ऋषिङ पहिरोः थप घर जोखिममा, विद्युत अवरुद्ध

  • ख-
  • ख+

दानबहादुर श्रेष्ठ
ऋषिङः
अविरल वर्षासँगै आएको पहिरोका कारण ऋषिङ गाउँपालिकाका विभिन्न भागमा थप जनधनको क्षतिको आशंका गरिएको छ । तीन दिनयता निरन्तर वर्षा भैरहेपछि यस अघि नै श्रृंगपथअन्तर्गत अजम्बरीमा पहिरो खसेको छ ।


यसैगरी, श्रृंगपथका विभिन्न अरु ठाउँमा समेत पहिरो खसेका कारण आवतजावतमा कठिनाइ देखिएको छ ।

यातायात सेवा पूर्ण अवरुद्ध भएसँगै मानिसको आवतजावतमा कठिनाई भए पछि अहिले ऋषिङ, घिरिङ र भीमादबीच यातायात सेवा नियमित बनाउन समन्वय भैरहेको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दमौली न्युजलाई बताए ।

विद्युत अवरुद्ध
वर्षाका कारण पहिरो तथा पोल ढले पछि अहिले ऋषिङ गाउँपालिकामा विद्युत आपूर्ति पूर्णतः ठप्प देखिएको छ । अहिले सञ्चार सेवामा समेत कठिनाइ आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी