
दमौलीः बैरेनी जाने बाटोमा आएको पहिरोका कारण पाईपलाईन भत्केपछि अवरुद्ध दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पानी आपूर्ति प्रणाली मर्मत भएको छ ।
लगातार दुई दिनसम्म परेको वर्षापछि व्यास ४ स्थित मादी किनारको सम्पवेल नजिकै पहिरोले पाईपलाईन बिगारेको थियो ।
पाईपलाईन क्षति पुगेकाले पानी आपूर्तिमा समस्या पर्ने आशंका गरिएको थियो । तर संस्थाले डोजर तथा प्राविधिक मगाएर क्षति भएको केही घण्टामै पानी आपूर्ति प्रणालीमा सुधार ल्याएको अध्यक्ष वृषराज श्रेष्ठले दमौली न्युजलाई जानकारी दिए ।
‘दुई पाइप छुटेकामा अब मर्मत सकिएकाले बेलुकीबाटै पानी आपूर्ति हुन्छ ,’ उनले भने । हालै अस्वस्थताका कारण आराम गरिरहेका श्रेष्ठ भत्किएको स्थलमै पुगेका थिए ।
मंगलबारबाट भने पूर्ण क्षमतामा पानी आपूर्ति हुने अनुमान संस्थाको छ ।