श्रीकृष्णाष्टमीमा मुख्यमन्त्री कृष्णचन्द्रको शुभकामनाः स्वास्थ्य मापदण्ड अपनाएर मनाउनुुस्

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्पूर्ण प्रदेशवासीमा श्रीकृष्णजन्माष्टमीको शुभकामना दिएका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै उनले भगवान विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मदिनको पर्व विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीको त्रास कायमै रहेको अवस्थामा स्वास्थ्य सजगता र मापदण्ड अपनाएर मनाउन अनुरोध गरेका छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको भन्दै मुख्यमन्त्रीले समाजमा व्याप्त विभेद हटाउन, अन्याय, अत्याचार कम गर्न भगवान श्रीकृष्णका प्रेरणा अनुकरणीय रहेको भनेका छन् ।

विविध धर्म संस्कृतिको धनी हाम्रो मुलुक धार्मिक सहिष्णुताको अनुपम नमुना हो । मुलुकका अमूल्य निधि धर्म, संस्कृति, परम्पराको जगेर्ना गर्दै सांस्कृतिक समृद्धिका लागि जुट्नु हामी सबैको दायित्व भएको पनि मुख्यमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी