सांसद सिग्देलले सोधे,‘तनहुँ जलविद्युत किन ढिलो ?’ (भिडिओ)

  • ख-
  • ख+

दमौलीः तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले तनहुँ जलविद्युत आयोजना ढिलो भएको भन्दै सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराएका छन् । आयोजनामा पुगेर स्थलगत जानकारी लिंदै उनले यसका प्रक्रियाका बारेमा चासो लिएको उनको सचिवालयले जनाएको छ ।

एक सय ४० मेगावाट क्षमताको आयोजनाले अहिले काम गरिरहेको छ । आयोजनाका प्रमुख अच्युतबाबु घिमिरेले नेपाली करिव ५० अर्बको लागतमा बन्न लागेको आयोजनाको जग्गा अधिग्रहण योजना प्रति डयाम र विद्युत उत्पादनका लागी १५० रोपनी जग्गा, वाँध स्थलका लागी ५० रोपनाी जग्गा र जलायशय क्षेत्रका लागी १२३० रोपनी जग्गा अधिग्रहण गरेर काम गरेको यो योजना भने सम्पन्न भएको जानकारी दिए ।

पटक पटक ठेक्का हुने तर काम नहुने भएपछि पछिल्लो पटक सोङ्ग–दा र कालिका जेभि भियतनाम सँग २२ मार्च २०२१ मा सम्झौता भएर ३० अगष्ट २०२१ वाट काम शुरु गर्ने भनिएतापनि कोभिड र अन्य प्राविधिक कारणवाट काम शुरु नभएको उनले बताए ।
वर्गिकरण गरेर काम गरिएको भएता पनि जग्गा अधिग्रहण, पुर्वाधार निर्माण मात्र सम्पन्न भएको र अन्य मुख्य आयोजना भने शुरु भएको छैन ।

ठेकेदार कम्पनीले समयमा काम नगरिदिंदा आयोजनाले सोचेअनुरुप गति लिन नसकेको भन्दै आयोजना प्रमुख घिमिरेले सन् २०२५ को डिसेम्वर सम्म काम सम्पन्न गर्ने लक्ष्य सहित पुनः सम्झौता गरिएको जानकारी दिए ।

सांसद सिग्देलले समयमा नबन्दा जनतामा र सरकारमा समेत नराम्रो सन्देश गएको भन्दै देखिएको समस्याको नीतिगत समाधानमा आफुले जनप्रतिनिधिको हैसियतमा भुमिका खेल्ने प्रतिवद्धता जनाए । ‘मेरो प्रत्यक्ष सहयोग रहनेछ, समयमा काम सक्न लाग्नुस्,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी