जनसम्पर्क जर्मनीमा सुरेन्द्र प्रधानको उम्मेदवारी

  • ख-
  • ख+

ह्यामबर्गः नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिका लागि सुरेन्द्र प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

ह्याम्बर्गलाई आधार बनाएर जर्मनीमा व्यवसाय तथा एनआरएनए अभियानमा सक्रिय प्रधानले कांग्रेसको सुभेच्छुक संगठनको नेतृत्वमा दाबेदारी गरेका हुन् ।

एनआरएनएको आईसीसी सदस्य रहिसकेका उनी जनसम्पर्क समिति जर्मनीका संस्थापक सदस्य पनि हुन् ।

तनहुँ बन्दीपुरमा कांग्रेस परिवारमा जन्मिएका प्रधान शुरुदेखि नै लोकतान्त्रिक आन्दोलन तथा झण्डै साढे दुई दशकयता जर्मनीमा एनआरएन अभियानमा सक्रिय छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी