तनहुँमा अधिक वर्षा (कहाँ कति वर्षा ?)

  • ख-
  • ख+

दमौलीः देशैभरका अधिकांश भूभागमा तीन दिन निरन्तर वर्षा हुने जल तथा मौसम विज्ञान विभागको अनुमान अनुसार अहिले धेरै ठाउँमा वर्षा भैरहेको छ ।

आईतबारको बुलेटिनमा उल्लेख नभए पनि गण्डकी प्रदेशका धेरै भागमा वर्षा भएको छ । तनहुँमा आईतबार छिमेकका जिल्लाको तुलनामा अधिक वर्षा भएको मापन गरिएको छ ।
विभागका अनुसार तनहुँको श्याम्घामा यस क्षेत्रमै धेरै एक सय १३.४ मिली वर्षा मापन गरिएको छ ।

यसैगरी, बन्दीपुरमा ६८.६ मिलिमिटर तथा साँखरमा ५४ मिलिमिटर वर्षा मापन गरिएको छ । हालसम्म खतराको सूचना नआए पनि आवश्यक सजगताका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।


विभागले सोमबार र मंगलबार गण्डकी प्रदेशमा अधिक वर्षा हुने अनुमान गरेकाले पनि सजगता जरुरी देखिएको छ । यो समाचार तयार पार्दासम्म तनहुँस्थित मुख्य सडकमा अवरोध नआए पनि डुम्रे बेसिसहर सडकमा पहिरो खस्ने क्रम शुरु भएको छ ।

व्यास ३ स्थित मादी पुलमा समेत केहीबेर पहिरो खस्दा अवरुद्ध यातायात नियमित भैसकेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी