नहर्की र खड्कालाई युवा पत्रकारिता पुरस्कार

  • ख-
  • ख+

दमौलीः तनहुँ हङकङ समाजद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’का लागि जिल्लाका दुई क्रियाशील पत्रकारलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आइतबार मिडिया भिलेज दमौलीमा बसेको बैठकले उक्त पुरस्कारका लागि पत्रकारद्वय अमरराज नहर्की र नारायण खड्कालाई सिफारिस गरेको महासंघले जनाएको छ ।

उक्त पुरस्कार समाजले स्थापना दिवस यही भदौ १५ गते (अगष्ट ३१ तारिख)मा प्रदान गर्ने जनाएको छ । पत्रकार नहर्की गोरखापत्रको तनहुँ संवाददाता र पत्रकार खड्का सगरमाथा टेलिभिजनको तनहुँ संवाददाता तथा भञ्ज्याङ दैनिकमा क्रियाशिल छन् । पत्रकारद्वय नहर्की र खड्काले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार संप्रेषण गरी योगदान पु¥याएकाले पुरस्कारका लागि पत्रकार महासंघबाट सिफारिस गरिएको महासंघले जनाएको छ ।

जिल्लाका क्रियाशील पत्रकारहरुको व्यास नगरपालिकाको कार्यालय दमौलीले आरोग्य बिमा गरी सहयोग गरेकोप्रति पत्रकार महासंघ तनहुँले धन्यवाद ज्ञापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

त्यस्तै व्यास नगरपालिकाले व्यास नगर विकास पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई पुरस्कृत गरेकोमा पत्रकार महासंघ तनहुँले आभार तथा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

त्यस्तै पत्रकार महासंघ तनहुँले पत्रकार दिवाकर भण्डारीकी धर्मपत्नी एवं सञ्चारकर्मी सुनिता डोटेल भण्डारीको उपचारार्थ संकलित ५० हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघका साधारण सदस्य सूर्यभक्त पौडेलकी धर्मपत्नी एवं पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलकी भाउजु अप्सरा भण्डारी पौडेलको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको महासंघले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी