तनहुँ कोरोना अपडेटः एकै दिन तीन महिलाको मृत्यु

  • ख-
  • ख+

दमौलीः तनहुँमा पछिल्लो २४ घण्टामा तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

ज्यान जानेमा तीनै जना महिला छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमितमा व्यास १ की ५५ वर्षिया महिला, भिमाद २ की ८० वर्षिया वृद्धा तथा व्यास ११ का ६४ वर्षकी महिला छन् ।

उनीहरु सबैको पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको निर्देशनालयको विज्ञप्तिमा छ ।

निर्देशनालयका अनुसार तनहुँमा पछिल्लो २४ घण्टामा ११ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमा तीन महिला तथा आठ पुरुष छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी