७ दिनका लागि ७ देखि ६ सम्म व्यवसाय खोल्न दिन दिईने

  • ख-
  • ख+

दमौली: जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसीसीएमसीले चाडबाडलाई मध्यनजर गर्दै भाद्र १५ गतेबाट दिन सम्म खुला गरिएका सबै व्यापार व्यवसाय एकै समयमा खोल्न दिन प्रशासनसँग सिफारिस गरेको छ ।


बैठकमा सहभागी तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पाविन्द्रकुमार श्रेष्ठका अनुसार व्यापार व्यवसायमा परेको मार र चाडबाडमा देखिएको समस्या हेरेर यस्तो सिफारिस गरिएको हो ।


उनले दमौली न्युजसँग भने,’ स्वास्थ्य मापदण्ड पालना गरेर अब बिहान ७ देखि साँझ ६ सम्म सबै व्यवसाय जिल्लाभर चल्ने छन् ।’

१० बाट ७

बैठकमा १० दिनका लागि नै नयाँ प्रबन्ध गर्ने सहमति भए पनि स्मार्ट लक डाउनको कार्यविधिमा एक साताभन्दा बढी निषेधाज्ञा गर्न नपाइने भएकाले परिमार्जन गरेर एक साताका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी