
दमौलीः तनहुँ प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित बाघको छाला, खप्पर तथा हड्डीसहित तीन युवक पक्रेको छ ।
व्यास नगरपालिका–५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दिनेश मैनालीले बताए । पक्राउ पर्नेका साथबाट बाघको छाला दुई थान तथा हड्डी एक सय २२ थान बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा व्यास ६ सिरुबारी निवासी ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–१ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका–१ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ छन् ।
उनीहरुको साथबाट तीन मोटरसाईकल, मोबाईल तथा नगद समेत बरामद गरिएको प्रहरीको भनाई छ ।
शंकास्पद गतिविधिका आधारमा पक्राउ परेका उनीहरुलाई वन डिभिजन कार्यालय तनहुँमा
थप अनुसन्धानका लागि पठाइएको दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।