मुग्लिङ–नारायणगढ सडक खुल्यो, पृथ्वी राजमार्गमा यातयात ‘क्लियर’

  • ख-
  • ख+

दमौलीः रातभर गण्डकी प्रदेश तथा आसपासमा वर्षा भए पनि पृथ्वी राजमार्गमा यातायात सञ्चालन नियमित भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अहिलेसम्म तनहुँस्थित राजमार्गमा यातायात अवरोध आएको छैन । नियमित वर्षा भैरहे पनि सडक अवरुद्धका घटना नआएको भनाई प्रहरीको छ ।


यसैगरी मुग्लिङ नारायणगढ सडकखण्डमा पनि यातायात नियमित छ । ईलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार बिहान तीन बजेतिर देखिएको पाँच किलोको पहिरो अवरोध हटेको छ ।

यसैगरी, धादिङस्थित पृथ्वी राजमार्गमा पनि वर्षाका बाबजुद यातायात सञ्चालन भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी