जन्मदिनमा उज्यालो घरका बालबालिकालाई शैक्षिक सामग्री, वृद्धवृद्धालाई खाद्यान्न

  • ख-
  • ख+

दमौलीः व्यास २ कालिका मार्ग निवासी मोनिका श्रेष्ठले आफ्नो जन्मदिनका अवसरमा व्यास १० बैरेनीस्थित ‘उज्यालो घर’ बालगृहका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकी छन् ।


हाल युएईको ईमिरेट्स एयरलाइन्समा कार्यरत उनले आफ्ना पिता महेन्द्रकुमार श्रेष्ठ, माता शुभ तथा मामा रञ्जनलाल श्रेष्ठमार्फत बालगृहका आठ बालबालिकालाई शैक्षिक सामग्रीका अलावा खाद्य सामग्री समेत सहयोग गरेकी हुन् ।

बालगृहका अध्यक्ष सागर घिमिरे तथा सचिव आकाश खनालले सहयोगले आफूहरुलाई हौसला मिलेको भन्दै आभार प्रकट गरे ।


तनहुँ उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष एवं पिता महेन्द्रकुमारले जन्मदिनमा फजुल खर्च भन्दा बालबालिका तथा वृद्धवृद्धाका लागि सघाउने छोरीको चाहनाअनुसार सहयोग गरेको बताए ।


वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई पनि जन्मदिनको अवसरमा सहयोग गरिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी