
दमौलीः व्यास ३ दुर्गा मन्दिर क्षेत्रमा मृत भेटिएका एक व्यक्तिको अझै पहिचान हुन सकेको छैन ।
शुक्रबार दिउँसो एक बजे मृत भेटिएका ती पुरुष दुर्गा मन्दिरको कम्पाउण्ड भित्र स्याङ्जा तनहुँ सम्पर्क सदनको सक्रियतामा निर्मित प्रतिक्षालयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
नाम थर वतन नखुलेका ती युवक करिब ३५ वर्षका जस्ता देखिन्छन् ।
मृत्युको कारण न खुलेका ती युवक गहुँगोरो वर्णका र कानमा कालो टप तथा दाया हातको नाडीमा कालो प्लाष्टिकको घडी लगाएको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ ।
प्रहरीले दमौली अस्पतपालको शवगृहमा राखिएका उनको आफन्त खोजीका लागि सघाउन आफन्त तथा जानकारी हुने जोकोहीलाई आग्रह गरेको छ ।