किसान–प्रतापलाल एकताः सांसद कार्यालयको श्रेष्ठद्वारा उद्घाटन

  • ख-
  • ख+

दमौलीः यस अघि फरक विचार समूहमा रहँदा पानी बाराबारको अवस्थामा पुगेका हाल नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ र सोही पार्टीका हालका केन्द्रीय सदस्य एवं तत्कालीन नेकपा एमालेका सांसद कृष्णकुमार श्रेष्ठको सम्बन्धले नयाँ मोड लिएको छ ।

यस अघि एक अर्काविरुद्ध सामाजिक सञ्जाल र कार्यक्रम समेतमा आरोप प्रत्यारोपमा उत्रने गरेकामा शुक्रबार उनीहरु एउटै पार्टीमा रहेपछि सम्बन्ध सुधारको उच्चतम स्तर दमौलीमा देखियो ।

केन्द्रीय सदस्य प्रतापलालले तत्कालीन एमाले तथा हाल नेकपा एकिकृत समाजवादी सांसद बन्न पुगेका श्रेष्ठको निजी सचिवलायमा कार्यालयको उद्घाटन गरे ।

आफ्नै कार्यालय उद्घाटनमा सांसद नआए पनि सो कार्यालयको प्रतापलालले भने उद्घाटन गरेको पार्टीका जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी