ऋषिङ कार्यपालिका निर्णयः भाद्र १३ बाट विद्यालय नियमित

  • ख-
  • ख+

ऋषिङः ऋषिङका विद्यालयहरुमा नियमित पठनपाठन सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले केही सातादेखी आकस्मिक रुपमा बन्द गरिएका विद्यालयको पठनपाठन स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

गत साउन २५ गतेयता समुदायमा रुघा खोकी तथा ज्वरोको संक्रमण बढेको सुचनाको आधारमा केही समयको लागि शैक्षिक संस्था बन्द गरिएकोमा अवस्था सामान्य बन्दै गएपछि संचालन गर्न लागिएको प्रवक्ता विजय दरैले जानकारी दिए ।


गाउँपालिकाको शिक्षा शाखाबाट जारी सुचनामा २५ जनाभन्दा बढी विद्यार्थी एकै कक्षामा नराख्न, एउटा बेन्चमा २ जना भन्दा नराख्न तथा स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न भनिएको छ ।

यसैगरी बैठकले उपाध्यक्ष गिनुमाया थापाको संयोजकत्वमा पछिल्लोपटकको बर्षाका कारण गएको बाढी पहिरोका कारण भएको क्षतिको अनुगमन तथा राहत सिफारिस समिती गठन गरेको छ । वास्तविक पिडित नागरिकको समस्यालाई सम्बोधन गर्न राहत ब्यवस्थापन प्रयोजनार्थ गठित उक्त समिति ११ सदस्यिय रहने ब्यवस्था रहेको छ ।

सबै वडामा स्वास्थ्य शिविर
बैठकले ऋषिङ्ग गाउँपालिकाभित्रका सबै वडामा स्वास्थ्य शिविर संचालन गर्ने नीति अनुरुप वडा नं १ मा आश्विन महिना भित्र संचालन गर्ने र तत्पश्चात निरन्तर अरु वडामा संचालन गर्दै जाने , लघु उद्यमशिल तालिमहरुको पहिलो र दोश्रो चरणहरुलाई निरन्तरता दिने निर्णय सँगै पछिल्लो पटक ऋषिङ्ग गाउँपालिकाको आ.व. ०७६÷०७७ को बेरुजुको बिषयले आम समुदायमा सकारात्मक सन्देश नगएको भन्दै यसको वास्तविक रुपमा स्पष्ट हुन नसकेको र बेरुजु यति धेरै हुनाका कारण खोजिने बिषयमा लामो छलफल चलेको थियो ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्