जनजुक्त शाहीको अध्यक्षमा अच्युतराज काफ्ले सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः व्यास ५ स्थित जनजुक्त शाही माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अच्युतराज काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् ।

विद्यालयमा शुक्रबार सम्पन्न अभिभावक भेलाले काफ्लेलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित काफ्ले २० वर्ष भन्दा बढी सोही विद्यालयमा प्रधानाध्यापक तथा ३८ वर्ष शिक्षा क्षेत्रमा सेवा गरिसकेका छन् ।

निर्वाचित समितिको सदस्यमा केशवराज शाही, रहरमाया श्रेष्ठ र दीपेन्द्र लाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । विद्यालयको शक्षक अभिभावक संघको अध्यक्षमा नारायणप्रसाद ज्ञवाली र सदस्यहरुमा दलि सरा सुनारी, सर्मिला राना, किशोरकुमार प्रधान,विनोदकुमार श्रृेष्ठ तथा मोहनविक्रम शाही सर्वसम्मत चयन भएका छन् ।

व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीको संयोजकत्वमा भएको कार्यक्रममा व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठसहितका वक्ताहरुले निर्वाचित समितिलाई शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष काफ्लेले आफ्नो लामो अनुभवका आधारमा विद्यालयको शैक्षिक विकासमा लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष कृष्ण मल्ल, संस्थापक प्रधानाध्यापक लोकराज शाही, प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपाने, सहायक प्रधानाध्यापक खेमराज रेग्मी, अभिभावक दलिसरा सुनारी, नारायणप्रसाद ज्ञवालीलगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी