व्यासमा भाद्र १३ बाट भौतिक कक्षा, १०० भन्दा कम भएका विद्यालयमा सबै कक्षा प्रत्यक्ष

  • ख-
  • ख+

दमौलीः यस अघि नै भाद्र १३ गतेबाट विद्यालयमा भौतिक कक्षा सञ्चालन गर्ने निर्णय गरेको व्यास नगरपालिकाले शुक्रबार नगर क्षेत्रका विद्यालयहरुमा निर्देशन जारी गरेको छ ।

स्मार्ट लकडाउन अन्र्तगत आफ्नो तहबारे प्रशासनसँगको समन्वयमा निर्णय गर्ने अधिकार पाएको नगरपालिकाले यस अघि नै प्रशासनमा सिफारिस गरिसकेको छ ।

नगरपालिकाले एक सय जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा नियमित दुई बजेसम्म सबै कक्षा प्रत्यक्ष रुपमा सञ्चालन गर्ने गरी निर्देशन जारी गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शमाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीद्वारा जारी सूचनामा कक्षा चलाउँदा एक पटकमा २५ भन्दा बढी भने राख्न पाइने छैन ।

विद्यालय बस सञ्चालन गर्नेका हकमा एउटा सिटमा एक जना मात्र रहने गरी सञ्चालन गर्न पाइने नगरपालिकाको निर्देशनमा छ । विव्द्यालय चलाउँदा मध्यान्तरको बिदा नगर्ने तथा कसैलाई कोभिड संक्रमण देखिएमा भने आवश्यक सूचना दिन र सावधानी अपनाउन भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी