
दमौलीः तनहुँको ऋषिङगाउँपालिका–८ पल्ट्याङ निवासी दुबै मिर्गौला खराबी भएका ३५ बर्षीय खिमबहादुर नेपालीले आफुलाई बचाइदिन सबैपक्ष संग अपिल गरेका छन् ।
घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका नेपालीको मृर्गौला टान्सप्लान्ट गर्न रकम अभाव भएपछि सहयोगको लागि अपिल गरेका हुन् ।
हालसम्म आफन्त,इष्टमित्र र साथीहरुले गरेको आर्थिक सहयोगले डायलासिस गर्दै आएपनि अबका दिनमा डायलासिस गर्न समेत नसकिने अवस्था रहेको निजकी श्रीमती चन्द्र माया नेपालीले बताइन् । ।
जग्गा जमिन बिक्री गररे श्रीमान्को उपचार गरौं भनेपनि बिक्री गर्ने जायजेथा केही छैन् । उनले भनिन् ‘श्रीमान्कै कमाईले दुई छोरा,दुई छोरी सहितको ६ जनाको परिवार पालिदै आएकोमा अहिले आएर परिवार नै बिचल्लीमा परेका छौ ।’
पोखरा स्थित गण्डकी अस्पतालमा आइतबार र बुधबार हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने भएपनि पैसाको अभावले जेनतेन एक पटक डायलासिस गर्नुपरेको उनले बताइन् ।
डायलासिस गर्दैमा रु.७ लाख बढी खर्च भैसक्यो,उपचारमा संलग्न चिकित्सकले टान्सप्लान गर्ने भए छिटो रकम जम्मा गर्नुस् भन्नुहुन्छ त्यति ठुलो रकम कहाँबाट जुटाएर उपचार गरौं,’ रुदै उनले भनिन् ‘भगवान रुपी सहयोगी हातहरुले मेरो श्रीमान्को जीवन बचाइदिनु हुन हार्दिक अपिल गर्दछु ।’
रोजगारीको सिलसिलामा मलेसिया गएका नेपाली मिर्गौलामा समस्या देखिएपछि गएको एघार महिनाको अवधिमा घर फर्कनु परेको थियो ।
श्रीमतीले मिर्गौला दिन मिल्ने भएपछि टान्सप्लान्ट गर्ने योजना बनाएपनि त्यति ठुलो आर्थिक स्रोत जुटाउन नसक्दा नेपाली परिवारको बिचल्ली भएको छ ।
रोगले च्याप्दै गएर होला पछिल्लो समयमा सास फेर्न समेत गाह्रो हुने गरेकोले जीवन रक्षाको लागि चन्द्रमाया नेपालीको नाउँमा नेपाल बैक लिमिटेड तनहुँ दमौली स्थित च.हि.नं ०८००११०६९५४८६१०००००१ मा रकम जम्मा गरिदिनुहुन अनुरोध गरिएको छ ।