
दमौलीः कोभिड लकडाउनको पोहोरका तुलनामा व्यास नगरपालिकाको गिटी बालवाबाट हुने आम्दानी दोब्बर भन्दा बढी हुने देखिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा दुई घाटबाट करिब तीन करोड राजस्व संकलन भएकामा चालु आर्थिक वर्षमा नगरपालिकाले ती दुवै घाटका लागि कुल आठ करोड दुई लाख रुपैयाँमा ठेक्का लगाएको छ ।
विगतमा ठेकेदारले निकै कम मूल्यांकन गर्न दबाब दिने र टेण्डर नै नहालेर तथा राख्न अवरोध गरेर कम राजस्व संकलन भैरहेकामा यसपाली कोभिडको निषेधाज्ञाकै अवधिमा नगरपालिकाले नगर क्षेत्रको मादी नदीमा आधारित दुई घाटबाट हालसम्मकै धेरै राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा ठेक्का पाएका व्यवसायीले दबाब दिंदै लकडाउनमा संकलन गर्न नपाएको भनेर आर्थिक वर्ष सकिए पछि थप चार महिना गिटी बालुवा झिके पछि नगरपालिकाको कलेस्ती यता व्यास ५ सम्म पर्ने घाटमा टेण्डर नै परेको थिएन ।
आर्थिक वर्ष २०७६÷०७७ मा ठेक्का पाएका व्यवसायीले दबाब दिंदै लकडाउनमा संकलन गर्न नपाएको भनेर आर्थिक वर्ष सकिए पछि थप चार महिना गिटी बालुवा झिके पछि नगरपालिकाको कलेस्ती यता व्यास ५ सम्म पर्ने घाटमा टेण्डर नै परेको थिएन ।

पटक पटक टेण्डर नलागेपछि सो ठाउँमा नगरपालिका आफैंले कर्मचारी खटाए पछि दुई करोड १७ लाख गिटी बालुवाबाट आम्दानी संकलन भएको थियो । व्यवसायीले मूल्य घटाएर टेण्डर आह्वानका लागि दबाब दिए पछि नगरपालिकाले आफैं कर्मचारी खटाएर राजस्व संकलन गर्ने निर्णय गरेको थियो ।
चार महिनासम्म अघिल्लो आर्थिक वर्षमा टेण्डर पारेका व्यवसायीले सामग्री झिकेर बचेको भागबाट पनि ठूलो राजस्व संकलन भए पछि नगरपालिकाले यसपाली मूल्यांकन बढाएर टेण्डर आह्वान गरेकामा बढाबढ मूल्यबाट घाट लिलाम भएको हो ।
‘यो अहिलेसम्मकै बढी राजस्व हो,’ उनले भने,‘कठिन समयमा पनि नगरपालिकाको आम्दानी बढ्नु हामी सबैका लागि खुशीको कुरा हो ।’
नगरपालिकाले हालै खुलाएका शिशाघाटदेखि चापाघाटसम्मको घाटमा ६ करोड ६६ लाखको ठेक्का परेको छ । एक आर्थिक वर्ष अघि २०७६÷०७७ का क्रममा सो घाट चार करोड रुपैयाँमा लिलाम भएको थियो ।
यसैगरी, व्यास १३ बेलबासस्थित घाट १ करोड १६ लाखमा ठेक्का लिलाम भएको छ । सो घाट यस अघि ८२ लाखमा लिलाम भएको नगरपालिका राजस्व फाँटको तथ्यांकले देखाउँछ ।
कसरी बढ्यो आम्दानी ?
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल व्यवसायीको दबाबमा नआईकन यथार्थ मूल्यांकन गर्दा बढी मूल्य आउने अवस्था आएको दाबी गर्छन् । ‘लकडाउनमा असर प¥यो भनेर समय थप गर्दा ठेकेदारले सामान कम भएको भनेर टेण्डर नै राखेनन्,’ उनले भने,‘हामीले कर्मचारी नै राखेर बाँकी समयको संकलन गर्दा पनि धेरै मूल्य लिन सकियो ।’
उनका अनुसार सोही आधारमा बढी मूल्यांकन गरेर यस आवमा ठेक्का लगाइएको थियो । तर दुवैमा अधिक मूल्यमा ठेक्का लिलाम भयो । ‘यो अहिलेसम्मकै बढी राजस्व हो,’ उनले भने,‘कठिन समयमा पनि नगरपालिकाको आम्दानी बढ्नु हामी सबैका लागि खुशीको कुरा हो ।’