देवघाट वाईसीयलमा योगेन्द्र

  • ख-
  • ख+

देवघाटः माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीयल देवघाट गाउँपालिकाको सम्मेलन सम्पन्न भएको छ ।

माओवादी तनहुँ ईञ्चार्ज एवं केन्द्रीय सदस्य हरिबहादुर चुमानको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले योगेन्द्र गुरुङको नेतृत्वमा सर्वसम्मत कार्य समिति च यन गरेको छ ।

गठित कार्य समितिको अध्यक्षमा योगेन्द्र गुरुङ, उपाध्यक्षमा अमृत गुरुङ, सचिवमा उमेश आले तथा कोषाध्यक्षमा सुस्मिता नेपाल चयन भएका छन् । सह सचिवमा शुष्मा गुरुङ चयन भएको कार्य समिति ४९ सदस्यीय छ ।

सम्मेलन उद्घाटनमा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य क्षितिज लामिछाने, वाईसीयल जिल्ला अध्यक्ष ईश्वर बस्याल तथा सदस्यहरु बादल आलेलगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्