तीन दिनसम्म भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा लगातार तीन दिन भारी वर्षाको सम्भावना आंकलन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले निकालेको मौसम बुलेटिनमा गण्डकी प्रदेशमा बुधबार रातीदेखि मेघ गर्जनसहितको वर्षाको सम्भावना औंल्याइएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो क्रम तीन दिनसम्म चल्ने भएकाले सचेत रहनका लागि मौसमविद्हरुले सुझाव दिएका छन् । गण्डकीसहित देशका बागमती प्रदेश २, बागमती तथा सुदुरपश्चिममा पनि अधिक वर्षाको सम्भावना विभागले औंल्याएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी