भानु ८ मा लत्रिएको तार व्यवस्थापन भएन, कालको मुखबाट जोगिइन् बालिका, अवस्था गम्भीर

  • ख-
  • ख+

भानुः लत्रिएको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका कालको मुखबाट जोगिएकी छन् । तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ ।

भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा लत्रिएको तारमा करेन्ट लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घाइते भएकी हुन् । तत्काल स्थानीयले देखेर उद्धार गरेकी ती बालिकाको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा हुन नसकेपछि भरतपुर रिफर गरिएको छ ।


हाल उनको चितवन मेडिकल कलेजमा उपचार भैरहे पनि अवस्था चिन्ताजनक नै रहेको भनाई आफन्तको छ ।

स्थानीय क्रिस सुनारले जनप्रतिनिधि र विद्युत प्राधिकरण दुवै समस्याबारे जानकार भए पनि तार व्यवस्थापनमा नलाग्दा अरु धेरैको ज्यान जोखिममा परेको बताए । ‘अरु क्षति नहुँदै तारको तत्काल व्यवस्थापन जरुरी छ,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्