
म्याग्दे : नेपाल महिला संघ म्याग्दे २ को अध्यक्षमा सनिता थापा सर्वसम्मत चयन भएकी छन् । मंगलबार निर्मलवस्ती गुणादीमा सम्पन्न भेलाले वडा कार्यसमितिको सचिवमा धनुमाया मगर, कोषाध्यक्षमा प्रमिला अधिकारी र सहसचिवमा अनिता रानाभाटलाई चयन गरेको छ ।
यसैगरी समितिको सदस्यहरूमा प्रेमकुमारि परियार , भान थापा , उमादेवी थापा , जुना थापा, अम्बिका घिमिरे, सुनिता रानाभाट र बिष्णुकुमारी रानाभाट छन् ।
यसअघि भएको कार्यक्रमको नेपाली कांग्रेस तनहुँका सङ्गठन विभाग प्रमुख बालकृष्ण घिमिरेले संविधानले महिलालाई दिएको अधिकार महिला संघकै आन्दोलनको उपलब्धि भएको बताए ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष एवम् महिला संघकी पुर्व केन्द्रीय सदस्य मायादेवी रानाले मंगलादेवीले देखाएको बाटोमा हिड्नुपर्ने बताइन् ।
नेपाल महिला संघ म्याग्दे गाउँपालिका अध्यक्ष कुमारी रानाको सभापतित्वमा भएको कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं १ का अध्यक्ष एवम् प्रवक्ता शिवशरण वाग्ले , रामबहादुर अधिकारी, विनोद खनाल , पशुपति रानाभाट , शिववहादुर रानाभाट, मनिराज थापा, मनबहादुर थापा, रमेश अधिकारी , कृष्ण रानाभाट, नेचुमाया रानाभाट, प्रमिला अधिकारी , सीता कुमाल, बिष्णु माया गरङ्जा, राधा रानाभाट, राधा घिमिरे, बद्रीका घिमिरे, नर्वदा रानाभाट, मनबहादुर मगर, रीता घिमिरे, उमा सुनार लगायतका वक्ताहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।