
म्याग्देः वाईसीयल म्याग्दे गाउँ समितिको अध्यक्षमा राजन बिसि चयन भएका छन् । म्याग्देमा सम्पन्न भेलाबाट सर्वसम्मत चयन भएका कमिटीका उपाध्यक्षमा विनोद विक र नविन श्रेष्ठ छन् ।
भेलाबाट सचिवमा हर्कबहादुर राना तथा सह सचिवमा साजन थापा र कोषाध्यक्षमा अमर थापासहितको ३७ सदस्यीय कमिटी चयन गरिएको नेकपा व्यास १ का अध्यक्ष बादल आलेले जानकारी दिए ।
नेतृ एवं पूर्व मन्त्री आशा कोईराला, नेता मदन आले तथा शुक्र चुमान लगायतले कार्यक्रममा नवनिर्वाचित कमिटीका पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए ।