
दमौलीः तनहुँ उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष महेन्द्रकुमार श्रेष्ठले आमाको वार्षिक पूण्य तिथिमा वृद्धाश्रमलाई सहयोग गरेका छन् ।
स्वर्गीय आमा रतनकुमारी श्रेष्ठको स्मृतिमा श्रेष्ठले राष्ट्रिय परोपकार महासंघद्वारा सञ्चालित ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रममा पुगेर चामल, पीठोलगायतका खाद्य सामग्री सहयोग गरेका हुन् ।
आमाको स्मृतिमा परिवारबाट टाढा रहेका बाबु आमाहरु राख्ने वृद्धाश्रममा सहयोग गरेको श्रेष्ठले दमौली न्यूजलाई बताए ।