क्रियाशिल सदस्यता टुंगेपछि जिल्ला आउने नेताहरुको तयारी

  • ख-
  • ख+

दमौली: नेतृत्वले क्रियाशिल सदस्यता विवाद टुंग्याए पछि देशैभर कांग्रेसका अधिवेशन तोकिएकै मितिमा हुने सम्भावना बढेको छ । सोमबार अबेर नेता कृष्ण सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएसँगै क्रियाशिल विवाद टुंगिएको हो ।

सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापतिलाई प्रतिवेदन बुझाएको थियो ।

गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन भएको थियो । जसमा नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकेको भएपनि समितिले सोमबार राती मात्र प्रतिवेदन बुझाएको हो ।

यससँगै यस अघि तय भदौ १८ गतेबाट शुरु हुने वडा अधिवेशनको कार्यतालिका अघि बढ्ने सम्भावना देखिएको छ ।

नेताहरु जिल्ला आउँदै
यससँगै राजधानीमा सक्रिय कतिपय जिल्लास्तरका तथा केन्द्रीय नेताहरु जिल्ला आउने भएका छन् । चुनावको मिति नै अनिश्चित रहेको चर्चा चलिरहँदा राजधानी केन्द्रीत नेताहरु अब जिल्ला झर्ने तयारीमा छन् ।


यससँगै अब कांग्रेसको नेतृत्वका आकांक्षीहरुको दमौलीका चियापसलमा बाक्लो चहलपहल र चर्को बहस अझ बढ्ने देखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी