भन्सारबाट भानु नगरपालिकाको सेवा सुरु

  • ख-
  • ख+

भन्सार :भानु नगरपालिकाले भन्सारस्थित नयाँ सहरी आयोजनाको कार्यालयबाट सेवा दिन शुरु गरेको छ । नगरपालिकाको निषेधाज्ञा सकिएको भोलिपल्ट नगरपालिकाले आयोजनाको भवनमा कार्यालय उद्घाटन गरेको हो ।


नगरपालिकाका प्रमुख उदयराज गौलीले कार्यालयको उद्घाटन गरे । उनले पहिल्यै भन्सारबाट सेवा दिने निर्णय भएको भन्दै हाल कार्यान्वयन मात्र गरिएको बताए । ‘यस ठाउँबाट सबैलाई पायक पर्ने भएकाले सजिलोसँग सेवा प्रवाह हुन्छ भन्ने विश्वास लिएको छु,’ उनले भने,‘चारैतिरकाले यहाँबाट सेवा पाउँछन् ।’

‘असन्तुष्ट पनि सहमत हुने अपेक्षा’
उनले हाल केन्द्र रहेको फुस्रेटार क्षेत्रमा केही असन्तुष्ट भए पनि उनीहरु पनि सहमतिमा आउने विश्वास व्यक्त गरेको बताए । उद्घाटन कार्यक्रममा उप प्रमुखसहित असन्तुष्ट पक्षका जनप्रतिनिधि भने उपस्थित थिएनन् ।


भानुको केन्द्र सार्ने विषयमा गत माघ २३ गते सभाले निर्णय गरे पनि पश्चिम भेगसहितका केही जनप्रतिनिधिको यसमा असहमति छ । यसबीचमा मन्त्रिपरिषदमा केन्द्र स्थानान्तरणको विषय विचाराधिन रहेको अवस्थामा नगरपालिकाले नयाँ सहरी आयोजनाको कार्यालय भवनबाट पनि सेवा दिने गरी कार्यालय शुरु गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी