एनआरएनए चुनाव जितेकालाई भट्टराईको बधाईः ‘कांग्रेसको नीतिले विश्वभर नेपालीको कौशल देखिन पाएको छ’

  • ख-
  • ख+

काठमाडौं : केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका जनसम्पर्क समन्वय विभाग प्रमुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले एनआरएनएको निर्वाचनमा निर्वाचित जनसम्पर्क पदाधिकारीहरुलाई बधाई दिएका छन् ।
एक भर्चुअल कार्यक्रम गर्दै उनले जनसम्पर्क समितिमा आवद्ध विश्वभरका नेपालीलाई बधाई ज्ञापन गरेका हुन् ।

कांग्रेसको नीतिका कारण नेपालीहरू संसारभरि छरिएर रहेको बताएका छन् । कांग्रेसको खुलापनको नीतिका कारण नै अहिले क्षमता भएका नेपालीले विश्वभर प्रगति गरिरहेको र एनआरएनएमार्फत समेत सक्रिय रहेको भन्दै उनले यसमा कांग्रेसको खुलापन र उदार नीतिले भूमिका खेलेको बताए ।

‘देशमा पञ्चायती व्यवस्था नै भएको भए अहिलेजस्तो नेपाली छरिने अवस्थ थिएन,’ उनले भने,‘हाम्रै नीतिको कारण विश्वभर छरिएर नेपालीले देशका लागि समेत योगदान दिन पाउनुभएको छ ।’

देशमै अवसर श्रृजना गर्नका लागि पनि कांग्रेसको नेतृत्वले अब थप काम गर्ने भन्दै उनले तर फरक परिवेशको सिकाई र अनुभव देशका लागि उपयोग हुने वातावरण पनि कांग्रेसको सरकारले तयार पार्ने बताए ।

एनआरएनएको भूमिका विशेष
जनसम्पर्क विभाग प्रमुख भट्टराईले एनआरएनएका कारण देशका कुटनैतिक नियोगले प्रभावकारी भूमिका नखेल्दा समेत नेपालीको समसया समाधान र मूलुकको विकास र प्रचारमा योगदान पुगेको भन्दै प्रशंसा गरे ।

‘एनआरएनका साथीहरूले नेपालका लागि काम गर्नुभएको छ । एनआरएनए नेपालमा दुःखको साथ बनेको छ’, भट्टराईले भने, ‘सहयोग गर्ने, भूकम्पले भत्किएका घर बनाइदिने, बाढीपीडितलाई सहयोग गर्ने, कोरोनाका बेला अक्सिजन सिलिण्डर र औषधि दिनु भएको छ ।’

एनआरएनएका अध्यक्ष कुमार पन्तले एनआरएनएलाई साझा संस्था रहेको बताए । उनले कांग्रेसको सरकार भएका बेला बनेको संस्थालाई अहिलेको सरकारले पनि सहयोग गरेको बताए ।

महासचिव हेमराज भट्ट, कुल आचार्य, रविना थापा, डा.केशव पौडेल, दिल गुरुङ, नारायण आचार्य, गंगाधर गौतमलगायतको करीव ५० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी