कांग्रेस जिल्ला अधिवेशनः महाधिवेशन प्रतिनिधि लड्ने नेविसंघ नेता सुशिलको घोषणा

  • ख-
  • ख+

दमौलीः नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशिल तिमल्सेनाले नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा लड्ने घोषणा गरेका छन् ।


पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने तिमल्सेनाले राजधानीस्थित नेविसंघको विभिन्न क्याम्पस एकाईहरुमा नेतृत्व गरिसकेका छन् ।

कांग्रेसलाई रुपान्तरण गर्नका लागि युवा विद्यार्थीले समेत नेतृत्व अभ्यास गर्नुपर्ने भन्दै उनले आफूले सबै क्षेत्रलाई समेटेर जान उम्मेदवारी दिएको बताए ।

‘अब हामी विद्यार्थी नेविसंघ मात्र होइन, पार्टी पनि चलाउन सक्षम छौं उनले दमौली न्यूजसँग भने,‘महत्वपूर्ण भूमिका लिनका लागि उम्मेदवारी दिने तयारी गरेको हुँ ।’

तिमल्सेनाले राजधानीमा नेताहरु तथा जिल्लामा समेत आफ्नो आकांक्षाबारे कुराकानी भएकाले सबैको साथ पाउनेमा आशावादी रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी