महिला संघ म्याग्दे १ को अध्यक्षमा तारा सर्वसम्मत

  • ख-
  • ख+

गुणादीः नेपाल महिला संघ म्याग्दे १ को अध्यक्षमा तारा खनाल पौडेल सर्वसम्मत चयन भएकी छन् ।

सोमबार गुणादीमा सम्पन्न भेलाबाट चयन भएका वडा कार्यसमिति उपाध्यक्षमा संगिता घर्ती थापा, सचिवमा सुशिला खनाल, कोषाध्यक्षमा बसन्ती थापा र सहसचिव निता गुरूङ छन् ।
यसैगरी समितिको सदस्यहरूमा दालमाया विक , गंगामाया राना , अप्सरा नेपाली , सीता थापा , लक्ष्मी श्रेष्ठ र सुनिता सुनारी छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै नेपाली काङ्ग्रेस तनहुँ सङ्गठन विभागका प्रमुख बालकृष्ण घिमिरेले नेपाली काङ्ग्रेसको भातृ एवम् शुभचिन्तक संघ नेपाल महिला संघ भएको बताए । संविधानमा राष्ट्रपति पुरूष भए महिलालाई उपराष्ट्रपति, अध्यक्ष पुरूष भए महिला उपाध्यक्ष व्यवस्था भएको महिला संघकै आन्दोलनको मागको दबाबलभएको उनले बताए ।


नेपाल महिला संघका पूर्व केन्द्रीय सदस्य एवम् म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले महिलाहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन् । अधिकार मागेर होइन संघर्ष गरेर लिने हो भन्दै रानाले घरमा सीमित भएर नबस्न सहभागीलाई आग्रह गरिन् ।


कार्यक्रममा म्याग्दे गाउपालिका वडा नं १ का अध्यक्ष एवम् प्रवक्ता शिवशरण वाग्ले,
वडा सदस्य विनोद खनाल, कांग्रेस वडा सभापति विनोददत्त खनाल, अभिमान सिंह थापा , राधा घिमिरे, केसुमाया आले , सोमवहादुर थापा , बेचुमाया रानाभाट , बद्रीका घिमिरे , मिनबहादुर चदरो, संघ म्याग्दे गाउपालिका अध्यक्ष कुमारी राना, उप सभापति आशा गुरूङ, उमा सुनार लगायतले बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी