
दमौलीः तनहुँ प्रशासनले पुनः एक साता निषेधाज्ञा अवधि लम्ब्याएको छ ।
केही गुनासा आएका व्यवसायका हकमा समय परिमार्जन गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । मंगलबारबाट लागू हुने गरी अब भाद्र १४ गतेसम्म यस अघिकै स्वरुपको निषेधाज्ञा हुनेछ ।
निषेधाज्ञामा यस अघिको समय केही फेर्दै फलफूल, तरकारी तथा अत्यावश्यक उपभोग्य वस्तुका लागि बिहान ५ देखि ११ बजेसम्म समय तोकिएको छ ।

प्रशासनले सुझावका आधारमा अरु व्यवसायका हकमा मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्म समय तोकेको छ । यस अघि ११ बजेबाट समय तोकिएको थियो ।

कास्कीमा जोर बिजोर प्रणाली रहे पनि तनहुँमा नरहेकामा अब भने सार्वजनिक सवारी जोर बिजोरमै चल्ने निर्णय बैठकले गरेको सहायक प्रजिअ चित्रांगत बरालले जानकारी दिए ।