तीन किलो गाँजासहित ४ पक्राउ

  • ख-
  • ख+

आँबुखैरेनीः तनहुँ प्रहरीले सवा तीन किलो गाँजा सहित चार युवालाई नियन्त्रणमा लिएको छ । तनहुँ आबुखैरेनी गाउँपालिका ४ पुल जिपमा गरिएको चेकजाँचका क्रममा ती युवाको साथबाट तीन किलो २५० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ पर्ने पर्वत घर भई हाल पोखरा सिर्जनाचोक निवासी १८ वर्षका कुशल सुनारसँगै सिर्जनाचोकमै बस्दै आएका स्याङजाका रोसन गुरुङ, गोर्खाकी १९ वर्षिया पुजा गुरुङ र पोखरा ८ निवासी ३९ वर्षका सुरज विश्वकर्मा छन् । उनीहरुबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी