तनहुँ कोरोना अपडेटः व्यास २ की ६९ वर्षिया वृद्धाको मृत्यु, २५ संक्रमित

  • ख-
  • ख+

दमौलीः कोरोना संक्रमणका कारण व्यास २ की ६९ वर्षिया वृद्धाको ज्यान गएको छ ।

संक्रमणका कारण मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेकी ती महिलाको आईतबार ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।


निर्देशनालयका अनुसार तनहुँमा पछिल्लो २४ घण्टामा थप २५ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका ९२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी