
दमौली: तनहुँमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक वृद्धाको ज्यान गएको छ ।
यसरी ज्यान जानेमा म्याग्दे २ निवासी ७६ वर्षीया वृद्धा छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार उनको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा शनिबार ज्यान गएको हो ।
पछिल्लो २४ घण्टामा तनहुँमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।