
दमौली: व्यास १० का विभिन्न गाउँबाट एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् । यस क्रममा शनिबार अँधेरीभञ्ज्याङ र लामीडाँडामा गाउँबाट एमाले परित्याग गरी ७५ जना काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा एमालेको राजनीतिमा लामो समय सम्म लागेर जिम्मेवार पदमा बस्नेहरु समेत छन् ।
केही काँग्रेस छाडेकाहरु पुनः काँग्रेसमा प्रवेश गरेका रहेका छन् । काँग्रेसमा प्रवेश गर्नेहरुमा नेकपा एमाले व्यास नगर कमिटी सदस्य लगायतका गरी ७५ जनाको समूह छ ।
अँधेरीभञ्ज्याङका ५० जना लामीडाँडाका २५ जना एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टीको साधरण सदस्य प्रदान गरी फूलमाला र अबिर लगाएर कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति वैकुण्ठ न्यौपानेले स्वागत गरेका थिए । सो अवसरमा नगर प्रमुख न्यौपानले नव प्रवेशीलाई कुनै भेदभाव नगरी पाटीमा उचित स्थान र अवसर दिने बताए । कार्यक्रममा नेका वडा नम्बर १० का अध्यक्ष खड्गबहादुुर अधिकारीको अध्यक्षतमा भएको थियो । नेपाली काँग्रेसका जिल्ला सचिव विश्व वास्तोला, महाधिवेशन प्रतिनिधी तथा गण्डकी प्रदेशका सदस्य डोबाटे विक, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, नेका व्यास नगर सभापति शान्तिरमण वाग्ले, जिल्ला सदस्य पवित्रा पौडेल , क्षेत्रिय सचिव वडा नम्बर १० वडाध्यक्ष तुलसीराम सापकोटा, सदस्य पदम खनाल, नेपाल ट्रेड युनियन काँग्रेसका सभापति सुर्यचन्द्र हड्खले, काँग्रेस स्थानीय नेताहरु यज्ञप्रसाद शर्मा, इश्वरप्रसाद पौडेल,लक्ष्मी परियार, बलबहादुर शाही लगायतले पाटीलाई स्वागत गरेकालाई मानमर्दन नगरी गरी सम्मान तथा संरक्षण गरिने कुरामा जोड दिएका थिए ।