भानुको केन्द्रका विषयमा ‘अनर्गल प्रचार’ः भण्डारी

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले भानु नगरपालिकाको केन्द्र स्थानान्तरणका विषयमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सरकारले केन्द्रबारे आधिकारिक निर्णय गरि नसकेको अवस्थामा आफ्नो नाम जोडेर अनर्गल प्रचार भएको भन्दै गम्भीर आपत्ति जनाएको उल्लेख गरेका छन् ।


भण्डारीले केन्द्रका बारेमा सरकारले निर्णय गर्दा जनताको भावनालाई सम्मान गर्ने विश्वास व्यक्त गर्दै प्रचारबाजीका पछि नलाग्न भानु नगरवासीसँग आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी